एक्सक्लुसिभः सन्नि लियोनले नेपाली फिल्म गर्ने पक्का।सन्निसँग स्कृन सेयर गर्दै अनुपबिक्रम र बिक्रम जोशी, सम्पुर्ण छायाँकन लण्डनमा

0
226

बलिउडकी हट अभिनेत्री सन्नि लियोनले नेपाली फिल्म गर्ने पक्का भएको छ । उक्त फिल्ममा भिलेन टर्न हिरो अभिनेता अनुपबिक्रम शाही र बिक्रम जोशीले सन्निसँग स्कृन सेयर गर्दैछन् ।

प्राप्त जानकारी अनुसार करोड बढि भारतिय रुपियाँ लिएर सन्निले नेपाली फिल्म ‘पासवर्ड’मा अनुबन्धता जनाएको श्रोत बताउँछ । सम्पुर्ण छायाँकन बेलायतको लण्डन आसपास हुने फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् ।

यहि अगस्ट २६ बाट फ्लोरमा जाने फिल्मको लागी सन्नि लण्डन आउँदैछिन् भने शुक्रबार मात्रै अनुप प्रस्थान गर्नेछन् । छायाँकार तथा प्राविधिक सहितको टोली यसअघि नै नेपालबाट बेलायत पुगिसकेको छ । फिल्मलाई बिक्रम जोशीले निर्माण गर्न लागेका हुन् । बिक्रम फिल्ममा अनुप र सन्निसँगै लिड अभिनयमा रहनेछन् ।

सन्निको नेपाली फिल्ममा अनुबन्धलाइ प्रष्ट्याउँदै बिक्रमले भने, ‘नेपाली फिल्मलाई नयाँ उचाइ दिन नेपाली र बलिउड कलाकारको फ्यूजन जोड्नको लागी नै सन्निलाई लिएका हौँ, गुणस्तरिय फिल्म निर्माणमा चुनौती पनि छ तर त्यसलाई मैले अबसरको रुपमा लिएको छु ।’- बिक्रमले भोलीको दिनमा आफु नियमित रुपमा फिल्म मेकिङमा लाग्ने भन्दै नेपाली फिल्म स्तरियता र आधुनिकतामा फड्को मार्ने अवस्थामा रहेको हुँदा विदेश बस्ने नेपालीहरुको साथ पनि निरन्तर रहनुपर्ने बताए ।

अमित बस्नेत र हिरल जोशीको समेत लगानी रहने  ‘पासवर्ड’ फिल्ममा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा हुनेछन् । लण्डनसँगै बर्नमाउथ र ससेक्स लगायतका ठाउँमा फिल्म खिचिने बताइएको छ ।

एबि इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मलााई सौरभ लामाले खिच्नेछन् । अर्जुन पोखरेलको संगीत र कोरियोग्राफी रामजी लामिछानेको रहने कन्फर्म भएको छ । सस्पेन्स थ्रिलर तथा एक्सन लभस्टोरीको आसपास फिल्म घुम्नेछ ।

तश्विर श्रोतः सामाजिक सञ्जाल

एक नजर यतापनी : भिडियो हेर्नु्स् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here