“शुभ लभ” को गीत रिलिज नहुँदै “सङ अफ द् इयर”?

0
118

ज्योतिष हरिहर अधिकारी अभिनेता बनेको फिल्म “शुभलभ” को शिर्ष गीत ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ गीत रिलिज हुँदैछ ।   यो गीत रिलिज भएको छैन तर  यो गीतको प्रचारका लागि यसलाई बर्षकै उत्कृष्ट गीत भनेर प्रचार गर्न थालिएको छ । ‘फकाउने सङ अफ द् इयर’ भन्दै निर्माण टिमले यसको दिनगन्ती सुरु गरिसकेको छ । ‘शुभ लभ’ को शिर्ष गीत यही माघ ९ गते रिलिज हुँदैछ ।गीतमा युवा ज्योतिष हरिहर अधिकारी र क्रिस्टिन पौडेलले प्रस्तुत छन् । गीतमा नेपाल आइडलका फस्ट रनरअप निशान भटराईले स्वर दिएका छन् । शब्द तथा संगीत अर्जुन पोखरेलको छ भने कोरियोग्राफी रामजी लामिछानेको रहेको छ ।

सन्तोष बाबु लोहनीले निर्देशन गरेको फिल्ममा हरिहर र क्रिस्टिनका अलावा सरोज खनाल, प्रदीप बाँस्तोला, रवीन्द्र झा, राजाराम पौड्याल, डा.सूर्या थापा लगायतको पनि अभिनय रहेको छ । धर्मराज सुवेदीको लगानी रहेको फिल्मको प्रस्तुतकर्ताका रूपमा प्रदीपकुमार उदय रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here