शुभ लभ को शिर्ष गीतमा हरिहर र क्रिस्टिनाले गरे रोमान्स |

0
59

फिल्म ‘शुभ लभ’को शिर्ष गीतको भिडियो रिलिज गरिएको छ । बुधबार प्रेसमिट गर्दै रोमान्टिक गीतको भिडियो सार्वजनिक गरिएको हो

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा निशान भट्टराईको स्वर छ । स्वरमा निशानलाई मिना सिंहले साथ दिएकी छन् । गीतको भिडियोमा युवा ज्योतिष तथा नायक हरिहर अधिकारी र नायिका कृष्टिन पौडेल प्रस्तुत छन् । राजमजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियो सुन्दर छ । ड्रेस डिजाइन रोविन क्रियशनका लागि रोविन परियारले गरेका हुन् ।

सन्तोष बाबु लोहनी निर्देशित फिल्म ‘शुभ लभ’ लभ स्टोरी फिल्म हो । फिल्ममा हरिहर ज्योतिषकै भूमिकामा प्रस्तुत भएका छन् भने क्रिष्टिन लभर गर्लको भूमिकामा प्रस्तुत भएकी छन् । धर्मराज सुवेदी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता प्रदीप कुमार उदय हुन् ।

‘शुभ लभ’ मा हरिहर र क्रिष्टिनसँगै राजाराम पौडेल, सरोज खनाल, रविन्द्र झा, राजा राजेन्द्र पोखरेल, प्रदीप बाँस्कोटा लगायतको अभिनय छ । फिल्मलाई रामेश्वर कार्कीले खिचेका हुन् । ‘शुभ लभ’ चैत १५ गतेदेखि प्रदर्शन हुँदैछ ।

भिडियो:-

यो पनि हेर्नुस :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here