भुवन चन्दको ‘साइनाे’ छायांकन सुरु

0
171

नेपाली चलचित्र क्षेत्रकी पहिलो नायिका भुवन चन्दले चलचित्र ‘साइनाे’ छायांकन सुरु भएको छ  । टिपिकल नेपाली समाज र परिवेश कथामा आधारित नेपाली चलचित्र साईनो  हो  ।  नेपाली चलचित्र क्षेत्रकी पहिलो नायिका भुवन चन्द थापाको पहिलो निर्माण चलचित्रलाइ रमेश थापाले डेब्यु निर्देशन गर्ने भएको छन् ।

चलचित्रलाइ अभिमन्यु निरबि ले कथा तयार गरेका हुन् भने ,चलचित्रमा शरण थापा कार्यकारी निर्माता ,नवराज थापा लाईन प्रोडुसर ,रामजी लामिछानेको कोरियोग्राफर ,रामेश्वर कार्कीको छायांकन ,बनिश शाहको सम्पादन,रोशन बिक्रम भट्टराईको द्वन्द, मुख्य सहायक निर्देशनमा राम शरण कोइराला रहेका छन् ।

नव नायक राज कुमारले डेब्यु गर्ने  यस चलचित्रमा निता ढुंगाना ,मिरुना मगर ,भुवन चन्द थापा ,बसुन्धरा भुसाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।  करिब ४० दिनको अबधि सम्म छायांकन हुने यस चलचित्र काठमाडौँ,काभ्रे,रसुवा,नुवाकोट,मकवानपुर ,सिन्धुपाल्चोक लगायतका स्थानहरुमा छायांकन गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here