‘जय भोले’ पछि ‘रातो टिका निधारमा’ अर्को दशैंमा

0
86

निर्माता तथा निर्देशक अशोक शर्माले फिल्म ‘जय भोले’ को  प्रदर्शन पछि अशोक शर्माले  अर्को फिल्म निर्माण गर्ने भएका छन् । औपचारिक घोषणा नगरे पनि फिल्मको नाम ‘रातो टिका निधारमा’ राखेर फिल्म निर्माण हुन लागेको हो । निर्माता तथा निर्देशक अशोक शर्माले  दिइएको क्रेडिट लाइन अनुसार  चलचित्रको नाम ‘रातो टिका निधारमा’ रहने छ । अशोक शर्माले आफ्नो आगामी चलचित्र ‘रातो टिका निधारमा’ लाई अर्को दशैंमा प्रदर्शन गर्ने जनाएका छन् । प्रदर्शनमा आएको चलचित्र जय भोले को क्रेडिट लाइनमा आगामी चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।

आज बाट प्रदर्शनमा आएको चलचित्र जय भोले फिल्ममा अशोक शर्माको निर्देशन रहेको छ । एए ग्रुप अफ कम्पनिजको प्रस्तुती रहेको जय भोलेलाई किरन शर्मा, कृति शर्मा, अन्कित शर्मा लगायतले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा खगेन्द्र लामिछानेको कथा , बसन्त श्रेष्ठको कोरियोग्राफी, राजन राज सिवाकोटीको संगीत, राजु ढुंगानाको सम्पादन , वान नेपाल स्टन्ट टिमको द्वन्द र पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको छ ।  चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल,सलोन बस्नेत, स्वस्तिमा खड्का, बुद्दि तामाङ्ग लगायतका कालाकारको अभिनय रहेको छ ।

एक नजर यतापनी : भिडियो हेर्नु्स् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here