फिल्म ‘रणवीर’ टिम ट्रेलर र गीतसंगीतका कारण आशाबादी

0
56

प्रदर्शन मिति नजिकिँदै गरेको फिल्म ‘रणवीर’को  लोक फ्लेवरको गीत ‘तिरिमिरी तिरिमिरी तीन तारा’ गीतका कारण फिल्म ‘रणवीर’ यतिबेला चर्चामा छ । ‘एक्सन प्याक्ड’ ट्रेलर र गीतसंगीतका कारण फिल्मको राम्रो  बक्सअफिस रिपोर्ट हुनेमा निर्माण टिम आशाबादी देखिएको छ । ‘रणवीर’ फिल्मको ‘तिरिमिरी तिरिमिरी तीन तारा’ गीत हेर्नुस् :

 ‘रणवीर’ फिल्मको ट्रेलर हेर्नुस् :

हालै फिल्मका कलाकार, निर्देशक र निर्माता पोखरा प्रचार सकेर राजधानी फर्केका छन् । साथै यस हप्ताको अन्तिमबाट अन्य शहरहरुमा पनि प्रचारका लागि पुग्ने तयारीमा निर्माण टिम छ । शनिबार पोखरामा भएको विशेष पत्रकार भेटघाटको क्रममा अभिनेता सुशिल सिटौलाले फिल्मका लागि आफूले  टाइटल क्यारेक्टरमा खुब मेहेनत गरेको बताए ।
फिल्ममा सुशिल सिटौला मूख्यभुमिकामा देखिएका छन् । उनीसँगै प्रशान्त ताम्राकार , शुभेच्छा खड्का र सुपुष्पा भट्ट यो फिल्मका मुख्यकलाकार हुन् । साथै यो फिल्ममा  हरिहर शर्मा, टिका पहारी, नरेश पौड्याल, भोलाराज सापकोटालगायतको मुख्य भूमिका छ ।
‘रणवीर’ मा महेश पौडेल को छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व निर्देशन, राजनराज शिवाकोटा, हर्कुलेस बस्नेत, अमित श्रेष्ठको संगीत, रामजी लामिछाने,गम्भिर बिष्ट र सुरेन बस्यालको कोरियोग्राफी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here