राजारानी 2 सहित 3 फिल्म बनाउदै, निर्माता एमके पौडेल ।

0
96

निर्माता एमके पौडेलले तिनै फिल्म निर्माण गर्ने जानकारी दिएका छन् । तिनै फिल्मको स्क्रिप्ट तयारीको काम भइरहेको उनले बताएका छन् । निर्माण गरिने तिन फिल्म मध्ये एकको नाम राजा रानी 2 रहने निर्माता पौडेल बताउँछन् । पौडेलका अनुसार उक्त फिल्मको संवाद लेख्ने काम भइरहेको छ । राजारानी फिल्मका निर्देशक यम थापाले निर्देशन गर्ने र निर्देशनमा अर्को एक जनाले सहयोग गर्ने बताएका छन् । साथै उक्त फिल्मको संवाद समेत निर्देशक स्वयमले लेखिरहेको उनले बताएका छन् । फिल्म निर्माण मात्र नभइ फिल्मको डिजिटल राइट्स पनि लिन सुरु गर्ने बताएका छन् । पौडेल भन्नुहुन्छ हामी बोधि एचडीको माध्यमबाट नेपाली तथा हिन्दी लाई मोबाइल एपमा ल्याउँछौ ।यस प्रविधिको विकासले नेपाली फिल्मको विकास तथा प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास लागि निर्माता पौडेल बताएका छन् । राजारानी, रुद्रप्रिया सहित लगभग आधा दर्जन बढी फिल्ममा लगानी गरी सकेका उनी हाल अमेरिकामा रहेका छन् ।

 

रेखा पौडेल संग हंगामा कुराकानी हेर्नुहोस भिडियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here