भारतीय मोडल अली खान अनुबन्धित ‘प्रेमलीला’को पोष्टर सार्वजनिक

0
78

नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमलीला’को पोष्टर सार्वजनिक भएको छ ।

सार्वजनिक फिल्मको पोष्टरमा फिल्मका तीन मुख्य पात्र नायिका दिपशिखा खड्का र नायक अलि खान र मौसम खड्का अटाएका छन् । सार्वजनिक ४ भिन्न भिन्न पोष्टरमा फिल्म की नायिका दिपशिखा खड्काको दुवै नायकसँगको प्रेम भाव देख्न सकिन्छ ।

अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्मको छायांकन, चन्दन दत्त र सालिक दुलालले सम्पादन तथा रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्।


फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।

फिल्ममा दीपशिखा अलि र मौसमसँगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथा तथा लेखन रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

फिल्म माघ २५ बाट देशभर रिलिज हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here