पोस्टर सार्वजनिक संगै रिलिज मिति घोषणा |

0
96

फिल्म ‘प्रेमलीला’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । ‘प्रेमलीला’ को पोस्टरमा नायिका दिपशिखा खड्का मात्रै प्रस्तुत छिन् । मुण्डन शैलीकी दीपशिखालाई रिसाह मुद्रामा देख्न सकिन्छ । बुधवार अनामनगरमा आयोजक कार्यक्रममा फिल्मको पहिलो झलक सार्वजनिक गरिएको हो । योसँगै फिल्मले प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार फिल्म माघ २५ मा देशभर रिलिज हुनेछ । जनक पाण्डे निर्देशित फिल्म ‘प्रेमलीला’ मा दिपशिखासँगै अली खान, मौसम खड्का, प्रभावर शर्मा, रेखा शाह, सुरज तमु, टुविंकल श्रीवस्तभ लगायतको अभिनय रहेको छ ।


दुबईमा मोडलिङ गर्दै आएका अलि खानले फिल्ममा भारतबाट नेपाल घुम्न आउने पर्यटकको भूमिका निर्वाह गरेका छन् ।
हरी लम्साल, महेश खड्का, रविराज शाह र नविन कार्कीको संगीत रहेको फिल्ममा रामजी लामिछाने र लोमश पौडेलले कोरियोग्राफी गरेका छन् ।फिल्म ‘प्रेमलीला’ लाई नानी मैंया कार्की र फैजी फिल्मस मिलेर बनाएका हुन् । फिल्मको प्रदर्शन मिति माघ २५ लाई तय गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here