अस्कर अवार्डमा नेपालबाट निता ढुंगानाको ‘पञ्चायत’ फिल्म पठाइने

0
129

विश्वकै सर्वाधिक प्रतिष्ठित अस्कर अवार्डका लागि नेपाली चलचित्र पंचायतलाई छनौट गरिएको छ । एकेडेमीका सबै मापदण्ड पुग्ने स्तरीय एवम् अब्बल दर्जाका सिर्जनाहरू रहेकामा प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट आदि समेतलाई दृष्टिगत गरी उक्त अवार्डमा नेपालको प्रतियोगीका रूपमा सामेल गराउनका निम्ति यस विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति (नेपाल)द्वारा चलचित्र “पञ्चायत”लाई छनौट गरेको छनोट समितीले बताएको छ ।छनौट समितिमा संयोजक श्री बिमल पौडेल, सदस्यहरूः प्रदीपकुमार उपाध्याय, लक्ष्मीनाथ शर्मा, राजेन्द्र शलभ, सामीप्यराज तीमल्सेना, लोकेन्द्र पराजुली, चिरञ्जीवी गुरागाई रहेका थिए ।

उक्त सीमाभित्र चलचित्र ‘तान्द्रो’, ‘पञ्चायत’ र “माई लभ”माइ लभ प्रोमिश फर काठमाडौं दर्ता भएका थिए । उक्त तीनमध्ये ‘पञ्चायत’ लाई छानिएको छनोट समितिले विज्ञप्तिमार्फत जनाएको छ ।

‘पन्चायत’ले यतिबेला नेपालमा आयोजना हुने गरेका धेरै अवार्डहरु पनि हात पारिरहेको छ । लेखन तथा निर्देशन शिवम अधिकारीको रहेको ‘पन्चायत’ लाई सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा सरोज खनाल, नीता ढुङगाना, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

 

एक नजर यता पनि हेर्नुहोस भिडियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here