रिमेश अधिकारीले ल्याए “नालापानी” कस्तो बन्यो त टिजर ?

0
806

फिल्म “नालापानी” को फस्ट लुक टिजर युट्युव मार्फत सार्वजनिक गरिएको छ ।
पहिलो पटक निर्देशनमा काम गरेका रिमेश अधिकारीले एउटा बिल्कुलै नौलो टिजर बनाएका छन् ।
नेपालमा अहिले एतिहासिक फिल्म एकदमै कम बन्ने क्रममा यो फिल्म एकदमै फरक र अलगधार शैलीको बनेको देख्न सकिन्छ ।
जब नेपाली शिने क्षेत्रमा रोमान्टिक र काल्पनिक चलचित्रहरु बनिरहेको बेला, निर्देशक रिमेश अधिकारीले आफ्नो इतिहाशको पाना पल्टाएका छन् र सम्पूर्ण नेपालीलाई छुट्टै कथा बस्तु दिने प्रयास गरेका छन् । यस फिल्मको टिजरलाई पनि सारै सुन्दर ढंगमा प्रस्तुत गरिएको छ।
सो टिजरलाई दर्शकको राम्रो प्रतिक्रिया प्राप्त भैरहेको छ । दर्शकहरु यस फिल्मको ट्रेलरको पर्खाइमा बसिरहेका छन् ।
फिल्म नालापानीमा अर्जुन जंग साही , सन्तोष पन्त , देश भक्त खनाल, पुजना प्रधान, मनोज शाक्य, जनक बर्तौला , सुशील खड्का , हिक्मत थपलिया , गीता अधिकारी, लगायक कलाकारहरुको अभिनय रहेको छ ।


रिमेश अधिकारीको निर्देशनमा बनेको यस फिल्ममा राम शरण उप्रेतीले खिचेका हुन् । पदमा कुमारी फिलिम्स र गंगा नारायण फिलिम्सको ब्यानरमा तयार भएको चलचित्रलाई मनोज शाक्यले निर्माण गरेका हून ।

 

 

एलिजाले “अनुराग” को बारेमा एसो भन्छिन, हेर्नुहोस भिडियो |

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here