एस्तो बन्यो ‘न यता न उता’ को कमेडि टिजर |

0
69

मिराज रोश र विशारद बस्नेतको निर्देशन रहेको फिल्म ‘न यता न उता’ को टिजर सार्वजनिक भएको छ ।
कमेडि कथामा आधारित रहेको फिल्ममा दुई साथी विदेशबाट नेपाल फर्किएको प्रसंग देखाईएको छ । नायिका ऋचा शर्माको टिजरमा संवाद मात्रै सुन्न सकिन्छ ।
विक्रम स्वरले कोरियोग्राफी गरेका छन भने सिनेम्याटोग्राफी अरोन अशोक कुमारको रहेको छ । संगीत मिलन जलन, राजन र सुरज विक्रम थापाले भरेका छन् भने शब्द एकनारायण भण्डारीको रहेको छ । फिल्मलाई रिना लामाले निर्माण गरेकी हुन् ।

यस फिल्ममा समिर दिक्षित, मिराज रोश, ऋचा शर्मा, बुद्धी तामाङ, छुल्ठिम गुरुङ, नम्रता सापकोटा, राजाराम पौडेल, कमल मणी नेपाल, जीवन भट्टराई, लुनिभा तुलाधर, भिमा मैनाली, राजन खतिवडा, रविन्द्र झा, विशारद बस्नेत, लुनिभा तुलाधर,  जयानन्द्र लामा लगायतका कलाकारको अभिनय रहेको छ । कथा लेखन मिराज रोशको रहेको छ भने संवाद अभिमन्य निरावीको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here