“गरुड पुराण” फस्ट लुक्स

0
80

चलचित्र गरुड पुराणले चलचित्र प्रदर्शन मिति तय गर्दै फस्ट लुक्सको रूपमा  पोस्टर रिलिज गरिएको छ । आगामी माघ ४ गते बाट फिल्म प्रदर्शनमा आउने निर्देशक सुवास कोईरालाले जानकारी दिएका छन् ।  निर्देशक सुवास कोइरालाले   रिलिज गरिएको पोस्टरमा अभिनेता नाजिर हुसेन,कर्मा शाक्य, प्रवीण खतिवडा, कामेश्वर चौरसिया र नव नायिका प्रियंका सिंह ठकुरी  समेटिएका छन् । फिल्ममा लुनिभा तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ लगायत कलाकारको पनि अभिनय छ ।

 

एक नजर यतापनी : भिडियो हेर्नु्स् :

पारिवारिक प्रेमकथामा आधारित आफ्नो सिनेमा हास्य प्रधान जनरामा तयार भएको निर्देशक कोइरालाले बताए । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो चलचित्रमा आकाश बराल, बिनोल खतिवडा र सुवास आफैँले लेखेको यो चलचित्रको कथा कसम नेपालको हो । रेनेशा बान्तवा राईको कोरियोग्राफी रहेको यो चलचित्रमा कोसिस क्षेत्रको सङ्गीत, कोशिस र मनीषा पोखरेलको गायन, सुसन प्रजापतिको छायाङ्कन, उज्ज्वल ढकालको सम्पादन रहेको छ ।

आगामी ४ माघमा यो चलचित्रको रिलिज मिति तय गरेका छन् । गरुड पुराणलाई मोफसल वितरक एफडी कम्पनी र काठमाडौँ वितरक कम्पनी स्टेसन फाईबले ४ माघलाई प्रदर्शन मिति तय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here