प्रमोद भारद्वाजको बिल्कुलै फरक शैलीको म्युजिक भिडियो सार्वजनिक ||

0
352

प्रदिप घिमिरेको स्वरमा निकै नै कर्णप्रिय गीत यूट्यूब मार्फत आइतबार सार्वजनिक भएको छ । पछिल्लो समयमा निकै नै नयाँ नयाँ गीत सङ्गीत आउने क्रममा यो गीत एकदमै फरक र अलगधार शैलीको बनेको देखिन्छ | ‘‘आमा’’ बोलको यस गीतमा शब्द – डा. अनुप श्रीवास्तव र संगीत राहुल प्रधानले गरेका छन्

गीतको  म्यूजिक भिडियोमा प्रमोद भारद्वाज र सुसन कोइरालाले स्क्रीन सेर गरेका छन ।  पछिल्लो समय निकै नै चर्चित पुराना नायिका मिथिला शर्माको पनि यस गीतमा बेजोड प्रस्तुति देख्न सकिन्छ | यसगीतमा आमा छोराको माया प्रेमलाई स्पस्ट रुपमा भिडियोले देखाउन खोजिएको छ । गीतको भिडियोको छायांकन चक्र महर्जनले गरेका छन् भने, भिडियो राहुल प्रधानको निर्देशनमा बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here