‘मेरो आफ्नो’ मा केवल र रियाको जोडी/केवल जंग कुँवरले फिल्मबाट डेब्यु गर्दै

0
164

ओम साई भक्त मुभिजको ब्यानरमा श्रीराम बरालको प्रस्तुती र बसन्त शर्मा, मात्रिका बजिमयको निर्माणमा चलचित्र “मेरो आफ्नो” निर्माण हुने भएको छ । यो चलचित्रलाई राजु अधिकारीले निर्देशन गर्दैछन् ।

राजु अधिकारीको निर्देशनमा ‘मेरो आफ्नो’  शुक्रवार राजधानीको भद्रकाली मन्दिरमा शुभ साइत गरिएको छ ।
असोज ७ गतेबाट फिल्मको छायांकन हुने निर्देशक राजु अधिकारीले बताए । चितवन र मनाङ्गमा छायांकन हुने फिल्ममा केवल जंग कुँवरले  फिल्मबाट डेब्यु गर्दैछन् भने अन्यमा रिया श्रेष्ठ,सुन्दर श्रेष्ठ, रुपा राना, नरेश पौडेल, सुजाता थापा र बाल कलाकारमा अरुण कलिराजको अभिनय रहनेछ ।
‘मेरो आफ्नो’ फिल्ममा मौनता श्रेष्ठको लेखन,पवन गौतमको छायांकन र हिमाल केसीको द्वन्द्वरहने छ । फिल्म पारिवारिक कथावस्तुमा निर्माण हुन लागेको हो । अर्को वर्षको मध्यतिर फिल्मलाई प्रदर्शनमा ल्याउने निर्माण टिमले जानकारी दिएको छ ।

एक नजर यतापनी : भिडियो हेर्नु्स् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here