यदी यो चलचित्र केहि महिना अघि मात्र सार्वजनिक भएको भएपनि आज सायद निर्मला पन्त हामी माझ हुने थिइन |

0
107

नायिका तथा निर्माता रेखा थापाको चलचित्र “मालिका” को आज अशोज १२ गते ट्रेलर सार्वजनिक भएको छ । नायिका रेखा थापाले एकल निर्माण गरेको यो पाचौ चलचित्र हो। नायिका रेखा थापा एक कलाकार मात्र न भै एक समाजसेवी पनि हून। उनि त्यस्ती नायिका हून जस्ले आफै नायक भएर फिल्मी छेत्रलाइ माथि पुराएकी छिन। मालिका एक महिला ससक्तिकरणका लागि निर्माण भएको चलचित्र हो। थापाले चलचित्रकी मुख्यबाल कलाकार कमला ओली को बारेमा पनि आज प्रेस मिटमा बताइन । थापा भन्छिन ” कमला तेस्तो ठाउँ बाट आएकी हून जहाँ नारीको सम्मान गरिदैन। कमलाको घरमा छोरी मान्छेले ठुलो स्वरले बोल्न पाईदैन । प्रेस मिट मा कमला ओली भन्छिन म पहिला धेरै डराउथिए तर अहिले मलाई केहि कुराको डर लाग्दैन। प्रेस मिटमा कमला कि आमा पनि नवशिशुसंग देखिइन । रेखाले प्रेस मिटमा निर्मला पन्तलाई पनि सम्बोधन गर्दै भनिन ” यदी यो चलचित्र केहि महिना अघि मात्र सार्वजनिक भएको भएपनि आज सायद निर्मला हामी माझ हुने थिइन । उनको ज्यान जोगिन सक्थियो। ” ट्रेलरलाइ एकदम सुन्दर ढंगमा प्रस्तुत गरिएको छ। नारी माथि हुने अन्याय र यदि नारीले चाहने हो भनी उनि आफ्नोलागि लड्न पनि सक्छिन र नारी कोहि भन्दा कम छैनन भन्ने संदेश पनि दिन खोजिएको छ। “There is a hero inside you ” स्लोगन हामीले पोस्टरमा पनि देख्न सक्छौ। मालिका यही कार्तिक १६ गते देशभर प्रदर्शनमा आउदैछ। फिल्ममा नायिका रेखा थापा र कमला ओली को मुखिया भूमिका रहेको छ । फिल्ममा संगीत सुरेश अधिकारी र एस डि योगी ले दिएका छन् भने  यसलाई निर्देशन रेखा थापा ले नै गरेकी हून। सरस्वति थापा ले निर्माण गरेको चलचित्र मा कोरियोग्राफी रामजी लामिछाने को रहेको छ।

भिडियो हेरौ :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here