“लभ स्टेशन”- को फर्स्ट लुक / “लिली बिलि “- पछि पुन एक पटक प्रदीप र जसिता

0
136

अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङअभिनित फिल्म  “लभ स्टेशन” को फर्स्ट लुक बाहिरिएको छ । यो सिनेमाको यतीबेला भारतको दार्जिलिङमा धमाधम छायांकन चलिरहेको छ । प्रदीप खड्का र जसिता गुरुङ को जोडीलाई “लिली बिलि ” पछि पुन एक पटक यस फिल्म ‘लभ स्टेशन’ मा देख्न पाइने भएको छ । सार्वजनिक फस्टलूकमा अभिनेता प्रदिप खड्का हातमा गिटार बोकेर निकै रोमान्टिक मूडमा देखिएका छन् । असोज ११ गतेबाट छायांकन सुरु भएको सिनेमाको करिब ५० प्रतिशत छायांकन सकिएको निर्माण टिमले जनाएको छ ।

पारिवारिक प्रेमकथामा आधारित रहेको फिल्म ‘लभ स्टेशन’ लाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । “लभ स्टेशन” सिनेमाका प्रस्तुतकर्ता गोविन्द शाही हुन् । काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविर बिक्रम शाहीले निर्माण गरेका हुन् ।  फिल्ममा आलोक शुक्लाको छायांकन , शिशिर खातीको कोरियोग्राफी ,शम्भुजीत बाँस्कोटा, दिपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ ।

“लभ स्टेशन” मा प्रदिप र जसिताका अलावा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगाएतका कलाकारहरु अभिनय रहेको छ ।

एक नजर यतापनी : भिडियो हेर्नु्स् :

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना जानकारी , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने वा तपाईका नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने www.hangamanews2018@gmail.com  मा म्यासेज गरि मन भित्र रहेको आफ्नो इच्छा चाहनालाई आजै जनता समक्ष प्रस्तुत गर्नुहोस, किन कि तपाई बदलिए देश बदलिन्छ धन्यवाद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here