“जय भोले” र “छक्का पन्जा-३” को कूल बक्स-अफिस कलेक्सन कति ?

0
190

असोज ३० गते फूलपाती दिनबाट रिलिज भएको अशोक शर्माको चलचित्र ‘जय भोले’ को दुई दिनमा १ करोड ३० लाख ग्रस कलेक्सन गरेको आकडा आएको छ ।

अनुप भट्टराई को अपडेट लाइ आधार मान्ने हो भने ‘जय भोले’ ले  पहिलो दिन कूल ६१ लाखको ओपनिङ कलेक्सन गरेको फिल्मले अष्टमीका दिन ६९ लाख अल नेपाल कारोबार गरेको देखिन्छ । कूल २ दिनमा ‘जय भोले’ ले  १ करोड ३० लाख ग्रस कारोबार गरेको छ । यसै गरि छक्का पञ्जा-३ ले रिलिजको आठौं दिन (हिजो सम्म) छक्का पन्जा- ३ ले मोफसल तर्फ ४ करोड २५ लाख र राजधानी तर्फ ४ करोड ५० लाख गरी कुल ८ करोड ७५ लाख ग्रस कलेक्सन गर्न सफल भएको देखियो ।

अशोक शर्माको निर्देशनमा बनेको चलचित्र “जय भोले” मा खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, बुद्धी तामाङ, राजाराम पौडेल, किशोर भण्डारी, लक्ष्मी गिरी, बसुन्धरा भुसाल, जयनन्द लामा, रामचन्द्र अधिकारी, सुरबीर पण्डित लगायतका कलाकारको अभिनय रहेको छ  भने  दीपाश्री निरौला निर्देशित “छक्का पन्जा- ३” फिल्ममा दीपक राज गिरी, जितु नेपाल, केदार घिमिरे, दिपिका प्रसाई, बुद्धि तामाङ, प्रियंका कार्की , निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, संजोग कोइराला, प्रियंका कार्की, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्ट लगायतका कलाकारको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here