‘इन्टु मिन्टु लण्डनमा’ ले अन्तराष्ट्रिय प्रदर्शनमा दर्शकको अपार साथ 

0
627

नेपालको सफल प्रदर्शन पछि निर्देशक रेनेशा वान्तवा राई दयारा   निर्देशित  फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ ले अन्तराष्ट्रिय प्रदर्शनमा पनि आफ्नो क्रेजलाई यथाबत राखेको छ । नव नायक धिरज मगर र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह यतिबेला फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ प्रिमियरका लागि अष्ट्रेलियामा पुगेका छन् ।  अष्ट्रेलियाबाट आफ्नो अन्तराष्ट्रिय प्रदर्शन सुरू गरेको यो फिल्मले अस्ट्रेलियाको एडिलेटमा १ शो र सिड्नीमा शनिवार २ शो सम्पन्न  गर्दा  दर्शकको अपार साथ  पाएको छ । सिनेमा प्रदर्शनमा फिल्मका नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह  र नायक धिरज मगर  उपस्थित थिए । उनीहरु तासमनिया र क्यानभरामाहुने फिल्म प्रिमियरमा पनि सहभागी हुनेछन् । दर्शकको चाहना अनुसार अष्ट्रेलियामा थप शो हुँदैछ ।

आइकोर फिल्मसको ब्यानरमा प्रज्ज्वल शमशेर जबरा र प्रभु शमशेर जबराद्वारा निर्मित  फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर, सारुक ताम्राकार, रुबी राणा, अर्जुन श्रेष्ठ, विजय लामा, विवेक लिम्बु, सुनिता ठाकुर श्रेष्ठ, सुनिशा बजगाईं लगायतले अभिनय गरेका छन्। अष्ट्रेलियामा एजुकेशन एण्ड माइग्रेसन कर्नरका सुनिल उप्रेतीले फिल्म प्रदर्शन गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here