एस्तो बनेर आयो इन्टु मिन्टू लण्डनमा’को ट्रेलर |

0
35

यो बर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र नव नायक धिरज मगरको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर मंगलबार युट्युब मार्फत सार्वजनिक गरिएको हो । ।

असोज ५ मा रिलिज हुने सिनेमामा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् ।

फिल्मबाट कोरियोग्राफरका रूपमा चर्चा बटुलेकी रेनेशा बान्तवा राईले निर्देशनमा डेब्यू गर्दैछिन्। अभिमन्यु दिक्षित र रेनाशाले लेखेको फिल्ममा संवाद भने आभास कर्माचार्यले लेखेका हुन् ।

शैलेन्द्र धोज कार्कीको छायांकन रहेको सिनेमामा सूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here