दीपक र रोहितकोको फिल्म निर्देशन गर्ने भए दीपेन्द्र लामा |

0
71

आफ्नो ब्यानरबाट पाँच वटा सुपरहिट फिल्म दिएका दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले नयाँ टिमसँग सहकार्य गरेर नयाँ फिल्म निर्माण गर्ने भएको छन् । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मसको सहकार्यमा बन्ने फिल्ममा दिपेन्द्र लामाले निर्देशन गर्ने पक्का भएको छ ।

दीपक र रोहितको रोजाइमा निर्देशक लामा परेका हुन् । यद्पी दिपकराज गिरी र रोहित अधिकारीले यो कुरालाई गोप्य नै राखेका छन् । ‘घामपानी’ फिल्म निर्देशन गरेका लामाले पछिल्लो पटक ‘गोपी’ फिल्म निर्देशन गरेका छन् । लामाले निर्देशन गर्ने फिल्ममा दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे, जितु नेपालको मुख्य भूमिका रहनेछ ।

सर्वाधिक कलेक्सन गर्ने ‘छक्का पञ्जा’ समुहले नयाँ ब्यानरसँग सहकार्य गरी नयाँ फिल्म निर्माण गर्ने खबरले फिल्म नगरीमा तरंग पैदा भएको छ । उसो त दिपक र दिपाको समुहले विकास आचार्यसँग सहकार्य गरेर ‘छक्का पञ्जा २’ निर्माण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here