नेपालका दिक्पाल बने मिस्टर मोडल अफ द वर्ल्ड २०१८

0
68

काठमाडौँ– कलाकार तथा मोडल दिक्पाल कार्कीले ‘मिस्टर मोडल अफ द वर्ल्ड २०१८’ जितेका छन्। म्यानमारको याङगोन नेशनल थिएटरमा भएको पुरुष सौन्दर्य प्रतियोगितामा २९ वर्षका कार्की पहिलो भएका हुन्।

अगस्ट २९ देखि सेप्टेम्बर ५ भएको यो प्रतियोगितामा विभिन्न देशका १० प्रतियोगी सहभागी थिए। अन्य ९ जना प्रतिस्धपर्धीहरुलाई पछि पार्दै दिक्पालले मिस्टर मोडल अफ द वल्र्ड २०१८ को टाइटल जितेका हुन् । प्रतिस्पर्धामा भारत, थाइल्याण्ड, इन्डोनेशिया, फिलिपिन्स, चीन लगायतका देशबाट मोडलहरु सहभागी भएका थिए ।

दिक्पालले अरु तीनवटा टाइटल – मिस्टर किंग अफ क्याटवाक, मिस्टर मोडल चान लोन बेष्ट हेयर र मिस्टर मोडल बेष्ट इन फर्मल वेयरको टाइटल पनि  जितेका छन् ।

 

दिक्पालले यस अघि थाइल्याण्डमा भएको मिस्टर ग्लोबल र फिलिपिन्समा भएको मिस्टर ग्राण्ड इन्टरनेशनलमा सहभागी भइसकेका तथा विभिन्न अन्तर्रा्ष्ट्रिय ब्राण्डहरुमा समेत मोडलिङ गरिसकेका छन् । दिक्पालले मिस्टर ग्राण्ड इन्टरनेशनल २०१७ मा सोसल मिडिया स्टार र पब्लिक च्वाइस अवार्ड जितेका थिए ।थाइल्याण्डमा भएको मिस्टर ग्लोबलमा उनी छैठौं भएका थिए । मिस्टर ग्राण्ड नेपाल २०१७ का विजेता दिक्पालले मिस्टर वल्र्ड नेपाल २०१७ को कोरियोग्राफी गरेका थिए ।

द ड्रिम सर्च एजेन्सीले दिक्पाललाई नेपालको प्रतिनिधित्व गराउनका लागि छानेको थियो, जसका सीईओ कमल निकोन क्षेत्री हुन् ।

दिक्पालले एकसय भन्दा धेरै म्युजिक भिडियो र दुईवटा चलचित्रमा समेत अभिनय गरिसकेका छन् ।

एक नजर यतापनी : भिडियो हेर्नु्स् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here