जयकिशनको “धूम ३” -अशोज ५ मा अल नेपाल

0
99

आगामी शुक्रबार अशोज ५ बाट रिलिज हुने फिल्म ‘धूम ३’ ले फिल्म सेन्सर बोर्डबाट ‘पीजि’ सर्टिफिकेट पाएको छ । नायक जयकिशन बस्नेतको लेखन, निर्माण, निर्देशन र अभिनय रहेको यो फिल्मले ‘पीजि’ सर्टिफिकेट पाएकोछ ।

 

जयकिशन बस्नेत फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा जाहन्बी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता छन् । चलचित्रमा जयक किशन बस्नेत लगायत शोभित बस्नेत, प्रज्वल गिरी , एलिना रायमाझी, लय संग्रौला, उत्तम के.सी., सपना श्रेष्ठ, सुरबिर पण्डित लगायतका कलाकारहरुले अभिनय गरेका छन् । अघिल्लो वर्ष प्रदर्शनमा आएको चलचित्र धूम २ ले समेत सोचेको भन्दा राम्रो ब्यापार गरेकोले धूम ३ बाट अझ धेरै आशावादी भएको नायक तथा निर्देशक बस्नेतले बताएका छन् ।। फिल्ममा हिमाल केसीको द्वन्द्व, टंक बुढाथोकी र ओम सुनारको संगीत, जीवन श्रेष्ठको छायांकन, तुलसी बास्कोटाको सम्पादन एवम् जयकिशन बस्नेत र शिव बि.क.को नृत्य छ ।

एक नजर यतापनी : भिडियो हेर्नु्स् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here