दीपिका-दीवाकरको बिहे यसै वर्ष हुने !

0
114

अभिनेत्री दीपिका प्रसाई र निर्देशक दीवाकर भट्टराई ले इन्गेजमेन्ट गरेका छन् । लामो समय देखि प्रेममा रहेको यो जोडीले आफ्नो प्रेम सम्बन्धलाई लुकाउँदै आएको थिए ।अन्तत: उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई स्विकार गर्दै दिवाकर र दीपिका दुवैले फेसबुकको टाइमलाइनमा फोटो सेयर गरेर आफ्नो इन्गेजमेन्ट लाई सार्वजनिक गरेका छन्। दुबैले आफ्नो आधिकारिक फेसबुकमा एकअर्काको अंगालोमा बाँधिएको तश्बिर राख्दै प्रेममा रहेको कुरालाई पुष्टि गरेका हुन् । दीपिकाले तश्बिरसँगै क्याप्सनमा लेखेकी छिन् :- “उहाँ मेरो लागि सँधै ” । दीवाकरले पनि उनकै क्याप्सन कपी गरेका छन् । केहि हप्ता पहिले दशैंको अवसर पारेर यो जोडी इन्गेजमेन्ट गरेका हुन्। दीपिका र दीवाकर ‘ऐश्वर्य’ को सेटबाट एकअर्कासँग नजिक भएका हुन् । दिवाकर निर्देशित फिल्म ‘ऐश्वर्य’ बाट नै दीपिकाले डेव्यु गरेकी थिइन् । हामीले निर्देशक भट्टराई सँग बुझे अनुसार दुवैको विवाह भने मंसिरपछि मात्र हुने बताए । हाम्रो तर्फबाट यो हट जोडीलाई उज्वल भविष्यको कामना !

एक नजर यतापनी : भिडियो हेर्नु्स् :

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना जानकारी , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने वा तपाईका नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने www.hangamanews2018@gmail.com  मा म्यासेज गरि मन भित्र रहेको आफ्नो इच्छा चाहनालाई आजै जनता समक्ष प्रस्तुत गर्नुहोस, किन कि तपाई बदलिए देश बदलिन्छ धन्यवाद 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here