छक्का पन्जा ३ को ट्रेलरलाई, दर्शकहरुको सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया बढी भिडियो सहित |

0
170

सर्वाधिक प्रतिक्षित चलचित्र छक्का पन्जा ३ को ट्रेलर शनिवार बिहान आठ बजे रिलिज भएको छ । ट्रेलर रिलिज भए लगत्तै चलचित्रले सकारात्मकको साथै नकारात्मक टिप्पणी पाईरहेको छ । चलचित्रमा हाँस्य कलाकार सगै अभिनेत्री दिपिका प्रसाईको मुख्य भूमिका रहेको छ । चलचित्रले शिक्षा क्षेत्रमा हुने राजनितीलाई मुख्य भूमिकामा रहेको छ । ट्रेलर रिलिज अगावै ट्रेलरले सकारात्मक सगै नकारात्मक टिका टिप्पणी पाईरहेको छ । सिनेमालाई धेरै दर्शकले ब्यानरको भरमा चलाउन खोजेको भनिएको छ । सिनेमा असोज २४ गते अल नेपाल रिलिज हुने छ ।
ट्रेलरमा चलचित्रका मुख्य कलाकार दिपक राज गिरी, जितु नेपाल,केदार घिमिरे,बुद्धि तामाङ, दिपिका प्रसाई लागायतलाई नै प्रस्तुत गरिएको छ । यस बाहेक यो टिमले ६ एकान ६ , छक्का पन्जा, छक्का पन्जा २ र बडा नम्बर ६ जस्ता सिनेमाको निर्माण गरिसकेको छ । यो सिनेमा सगै अशोक शर्र्माको निर्देशनमा बनेको सिनेमा जय भोले पनि एक हप्ताको अन्तरालमा रिलिज हुदै छ ।

भिडियो हेरौ :-

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here