‘ब्ल्याक’,‘जय शम्भु’ र ‘मिस्टर भर्जिन’ : फिल्म एकसाथ प्रदर्शनमा

0
121

शुक्रबार भदौ १ गते चार नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘ब्ल्याक’, ‘जय शम्भु’,‘मिस्टर भर्जिन’ र ‘१२ मासे’ एक साथ प्रर्दशनमा आएका हुन् ।

‘ब्ल्याक’

आश्मा पाण्डेको निर्माणमा प्रदिप श्रेष्ठको निर्देशन रहेको एक्सन लभ स्टोरी जनराको फिल्म ‘ब्ल्याक’ मा आँचल शर्मा र आकाश श्रेष्ठका साथै सुन्दर श्रेष्ठ, आयुष रिजाल, प्रिया रिजालको अभिनय रहेको छ । फिल्ममा रामशरण उप्रेतीको छायाँकन रहेको यो फिल्मलाई अर्जुन जिसीले सम्पादन र रामजी लामिछानेले कोरियोग्राफ गरेका हुन् । :  आकाश र आँचलसँग गरिएको कुराकानी हेर्नुस् :

‘जय शम्भु’

रुपेश तामाङ (थिङ) को  निर्देशन रहेको लभ स्टोरी फिल्म  ‘जय शम्भु’ मा अनुपबिक्रम शाही, वर्षा सिवाकोटी र प्रशान्त ताम्रकारको मुख्य भुमिका रहेको छ । फिल्ममा छायांकन हरि लामा घलेले गरेका र रामजी लामिछानेले कोरियोग्राफ गरेका हुन् ।  दिनेश शाहीले निर्माण गरेका फिल्मका कार्यकारी निर्माता अरबिन्द्रमान शाक्य हुन् । : प्रशान्तसँग गरिएको  कुराकानी हेर्नुस् :

‘मिस्टर भर्जिन’

विशारद बस्नेतको निर्देशन रहेको  यौन मनोविज्ञानमा बनेको फिल्म ‘मिस्टर भर्जिन’  फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा लगायत कलाकारहरुको अभिनय रहेको छ । खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको निर्माण रहेको फिल्ममा सह निर्माताको रुपमा सन्दिप उप्रेती रहेका छन् ।यो फिल्मलाई रामेश्वर कार्कीले खिचेका हुन् । : रामेश्वर कार्कीसँग गरिएको कुराकानी हेर्नुस् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here