‘बाँध मायाले’- पोस्टर सार्वजनिक गर्दै / टिकट किन्दा, पैसा फिर्ता पाईने अफर ल्यायो!!!!

0
112

आउँने शुक्रबार देखि रिलिज हुन लागेको लभस्टोरी जनराको आर्यन अधिकारी र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘बाँध मायाले’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक दुई पोस्टरमा आर्यन र सृष्टि निकै रोमान्टिक रुपमा प्रस्तुत भएका छन् । पोस्टरमा एक अर्काको रोचक माया प्रेमको कथा बुनिएको  देखिन्छ । साथै फिल्म “बाँध मायाले” यूनिटले आफ्ना दर्शकका लागि एउटा नयाँ अफर पैसा फिर्ता पाईने अफर ल्याएको छ । प्रेस रिलिज सार्वजनिक अनुसार ’खल्ती डिजिटल वालेट’ प्रयोग गरी अनलाईन मार्फत ‘बाँध मायाले’ फिल्मको टिकट खरिद गर्दा सवै दर्शकले १५ प्रतिशत क्याश व्याक पाउँने छन् । टिकटको पैसा तिरेको केहि क्षणमै प्रयोगकर्ताको खल्ती आइडीमा १५ प्रतिशत पैसा फिर्ता आउँने ‘बाँध मायाले’ यूनिटले जनाईएको छ ।

सविर श्रेष्ठ निर्देशित फिल्ममा आर्यन र सृष्टिसँगै नव नायक किशोर खड्का, कलाकार राजाराम पौडेल लगायतको अभिनय रहेको छ ।प्रदर्शन मिति नजिकिएसँगै ‘बाँध मायाले’ आफ्नो प्रचारलाई तिव्रता दिएको छ ।  गीत हेर्नुस :

रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको फिल्ममा केदार धिताल कार्यकारी निर्माताको रुपमा रहेका छन् । महेन्द्र अधिकारी फिल्मका सह निर्माता हुन् । अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा बाबु श्रेष्ठको छायाँकन छ । फिल्म असोज ५ गतेदेखि अल नेपाल रिलिज हुँदैछ ।

एक नजर यतापनी : भिडियो हेर्नु्स् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here