बहु प्रतिक्षित चलचित्र बाध मायालेको ट्रेलर रिलिज |

0
116

आर्यन अधिकारी र श्रृष्टि श्रेष्ठ स्टारर फिल्म बाध मायालेको ट्रेलर सार्बजनिक गरिएको छ ।यही आउँदो असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र मा प्रेम, बिछोड, द्धन्द्धलाई देखाइएको छ । सबिर श्रेष्ठको निर्देशनमा बनेको ट्रेलरमा आर्यन र श्रृष्टिको अलावा किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिंग लगायतका कलाकार पनि फिचर छन् ।

ट्रेलर हेर्नुस :-

काइट्स इन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्म ‘बाँध मायाले’ मा रामहरी धिताल र बिभिषिका श्रेष्ठ निर्माताको रुपमा रहेका छन् भने सह निर्मातामा महेन्द्र अधिकारी र केदार धिताल छन् । अर्जुन पोखरेलेको संगीत, बाबु श्रेष्ठको छायाँकन र रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन छन् । कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here