अनमोल केसीको”क्याप्टेन” अफिसियल पोस्टर सार्वजनिक

0
145

अनमोल केसीको”क्याप्टेन” अफिसियल पोस्टर आज सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अनमोल केसी एउटा खेलाडीको अफ्तारमा देखा परेका छन् ।
यस फिल्मका निर्देशक दीवाकर भट्टराईले सामाजिक सञ्जालमा फेसबुकबाट पोस्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा देखाए अनुसार, अनमोलले ११ नम्बरको जर्सी लगाएको देख्न सकीन्छ ।
र जर्सीमा उनको नाम ‘इशान’ लेखेको छ ।
सिनेमाको आधिकारिक पोस्टर सार्वजनिक भएता पनि प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।
दीवाकर भट्टराईले निर्देशक गरिएको यस चलचित्रलाई भुवन केसीले निर्माण गरेका हुन् ।
अनमोलले यसपाली २ जना नायिकासंग स्क्रिन सेर गरेका देख्न सकिन्छ ।
अर्जुन पोखरेलको संगीत रहेको यस फिल्ममा कविराज गहतराजले कोरियोग्राफि गरेका छन् ।
यस फिल्ममा, उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, अमित श्रेष्ठलगायतका आदि, कलाकारहरुको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here