अनमोल र सुहानाको जोडी सुपरहिट हुने ग्यारेन्टि / ‘ए मेरो हजुर ३’ फर्स्ट लुक पोष्टर सार्वजनिक

0
151

अभिनेत्री झरना थापाको निर्देशन र  सुनिल कुमार थापाको निर्माण  रहने सिनेमा ‘ए मेरो हजुर ३’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै शुक्रबारदेखि औपचारिक रुपमा छायांकन सुरु गरिएको छ । ‘ए मेरो हजुर ३’ मा सुपरटार अनमोल केसी  र डेब्यु नायिका सुहाना  थापा को जोडी बाँधिएको छ ।  (सुहाना अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी हुन् ) 

पोस्टरमा अनमोल र सुहाना रोमान्टिक अवतारमा  फिचर्ड छन् । पोस्टर को डिजाईन हेर्दा ‘ए मेरो हजुर ३’ म्युजिकल लभ स्टोरी हो कि भन्ने अनुमान लाउन सकिन्छ । यो सिनेमामा अनमोल एक गायक र सुहाना एक फ्यानको भूमिकामा देखिनेछन्  । श्रीधर पौडेलको फोटोग्राफी रहेको उक्त पोस्टर टौवा क्रियसनले डिजाइन गरेको हो ।

‘ए मेरो हजुर ३’ म्युजिकल लभ स्टोरी कथामा निर्माण हुने सिनेमामा अर्पण थापा, सलोन बस्नेत, रबिन्द्र झा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । निर्देशक झरना थापा र सुमन पौडेलको कथा रहेको सिनेमामा कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व, सञ्जय लामाको छायांकन रहने छ ।फिल्म  ‘ए मेरो हजुर ३’  चैत्र २९ गते देखि प्रदर्शनमा आउने छ । “ए मेरो हजुर ३” फर्स्ट लुक  भिडियो  :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here