‘सय कडा दश’ शिर्ष गीत रिलिज / नाचे अमृत,उत्सव र करुणा (भिडियो)

0
210

चलचित्र ‘सयकडा दश’को पहिलो गीत सार्वजनिक भएको छ । निर्माण पक्षले चलचित्रको  जानकारी दिँदै  ‘दाइलाई कुरा लाइदिनी..’  गीत सार्वजनिक गरेको हो । कल्याण सिंहले कम्पोज गरेका ‘दाइलाई कुरा लाइदिनी..’बोलको सार्वजनिक गीतमा तृषला गुरुङ र सन्देश पाठकको स्वर रहेको छ । गीतमा रामशरण पाठकको शब्द रहेको छ। सार्वजनिक गीतमा रामेश्वर कार्की छायाँकार हुन्  । भिडियो हेर्नु्स् :

फिल्म को निर्देशक रामशरण पाठकले  गरेका हुन् । यसअघि पाठकले प्रेमगीत २ निर्देशन गरेका थिए । निर्देशक रामशरण पाठकले जानकारी दिए अनुसार  भ्रष्टाचार विरुद्ध सदाचार सन्देश बोकेको फिल्म हो । भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा चलचित्रले पेश गर्छ ।  ‘सयकडा दश’को  पहिलो गीतमा अमृत ढुङ्गाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोल फिचर्ड छन् ।  गीतलाई पोखरा माटेपानीस्थित भद्रकाली मन्दिरमा छायांकन गरिएको हो ।

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । माघ १८ गते नेपाल प्रदर्शन हुने चलचित्र नेपाल प्रदर्शन पूर्व थाइल्यान्ड र म्यानमारमा प्रदर्शन हुनेछ ।

एक नजर यतापनी : भिडियो हेर्नु्स् :

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here