‘रामकहानी’पोस्टर सार्वजनिक

0
73

सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’को पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको तीन ओटै पोस्टरमा प्राय फिल्मका सबै कलाकारहरु समाबेश छन् ।

 

पोस्टरमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, कलाकारहरु केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा , राजाराम पौडेल , विल्सन विक्रम राई शोभित बस्नेत, शिशिर राणा, बिशाल पहारी, सुनिता श्रेष्ठ ठाकुर लगायतका कलाकारको अभिनय  लाई देख्न सकिन्छ  । सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा कबिराज गहतराजको कोरियोग्राफी, अर्जुन पोखरेलको शब्द संगीत, महेश दवाडी र दिनेश न्यौपानेको पटकथा सम्बाद, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरव लामाको छायाङ्कन रहेको छ । फिल्म नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले संयुक्त रुपमा निर्माण गरेका हुन् लाई देख्न सकिन्छ । भदौ २२ गतेबाट प्रदर्शनमा आउने फिल्म रामकहानीको एउटा गीत र प्रोमो सार्वजनिक भैसकेका छन् ।


कमेडी र लभ स्टोरी जर्नाको फिल्म रामकहानी लाई निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्मा मिलेर बनाएका हुन् । म यस्तो गीत गाउँछु पछि सुदर्शन र पूजाको रामकहानी प्रदर्शनमा आउँदैछ ।गीत, प्रोमो र पोस्टर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको प्रतिक्षा बढ्दै गइरहेको छ|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here